एजेन्सी, जेठ २९,
काठमाडौँ । अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका आइकन लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् । अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् । फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा पोर्चुगल एवं युभेन्टसका स्टार...
जेठ २९,
काठमाडौँ । गर्मीमा पसिना बढी आउँछ। त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ।– पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप,...
अन्तर्राष्ट्रिय
उत्तर कोरियाली शासक किमले सेनापतीलाई पिरान्हा माछा भएको ट्याङ्कीमा फ्याँकेर दिए मृत्युदण्ड
एजेन्सी, जेठ २९,
काठमाडौ । उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ । डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा...
जेठ २९,
काठमाडौँ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त...
राजकरण महतो ( अन्नपूर्ण पोष्ट)
जेठ २९, महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ।
गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय...
कान्तिपुर दैनिक
जेठ २९, काठमाडौँ । खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो । यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ...
शुरोजङ्ग पाण्डे ( नयाँ पत्रिका)
जेठ २९,
माथिको सर्कुलर नआएसम्म मानिन्न : वाइसिएल समूह
घोषित नाम नै अन्तिम हुनुपर्छ : युवा संघ समूहकाठमाडौं । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाइसिएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले युवा संघ...
मुना कुँवर ( नयाँ पत्रिका)
जेठ २९, काठमाडौं । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार...
अन्तर्राष्ट्रिय
पाकिस्तानमा आर्थिक संकटः महिनाको अन्त्यसम्ममा सम्पत्ति घोषणा गर्न प्रधानमन्त्रीको आह्वान
जेठ २९, इस्लामाबाद (एजेन्सीं) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा गरेको सम्बोधनमा पाकिस्तानलाई सही मार्गमा ल्याउन र गरिबको जीवनमा सुधार ल्याउन आ–आफनो ठाउँबाट जिम्मेवारी निभाउन नागरिकलाई आग्रह गरेका छन् । इमरान खानले देश भित्र र बाहिर रहेको वैध तथा बेनामी सम्पत्तीको फरक थाहा पाउन सबै पाकिस्तानीलाई जुन ३० सम्ममा आपनो सम्पत्तीको घोषणा गर्न भनेका छन् ।जुन ३० सम्ममा...
मोतीराम तिमल्सिना ( नेपाल समाचारपत्र)जेठ २९, काभ्रे । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार दिनभर सुरक्षाका लागि खटिएका ‘पालेदाइ’ लालपुर्जा बनाउने र ‘पियनभाइ’ मोठ श्रेस्ता भिडाउने कार्यमा खटेका देखिए । ‘कानुनत यो जिम्मेवारी दिनु गलत हो, जनशक्ति अभावका कारण हामी बाध्य छौं’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ध्रुर्व्रप्रसाद कोइरालाले लाचारी देखाउनु भयो– तर, यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । मालपोत कार्यालयमा...










