पाकिस्तानमा आर्थिक संकटः महिनाको अन्त्यसम्ममा सम्पत्ति घोषणा गर्न प्रधानमन्त्रीको आह्वान

98

जेठ २९, इस्लामाबाद (एजेन्सीं) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा गरेको सम्बोधनमा पाकिस्तानलाई सही मार्गमा ल्याउन र गरिबको जीवनमा सुधार ल्याउन आ–आफनो ठाउँबाट जिम्मेवारी निभाउन नागरिकलाई आग्रह गरेका छन् । इमरान खानले देश भित्र र बाहिर रहेको वैध तथा बेनामी सम्पत्तीको फरक थाहा पाउन सबै पाकिस्तानीलाई जुन ३० सम्ममा आपनो सम्पत्तीको घोषणा गर्न भनेका छन् ।

जुन ३० सम्ममा आफनो बेनामी सम्पत्ती, बेनामी बैंक अकाउन्ट, विदेशमा राखिएका पैसा सार्वजनिक गर्न आग्रह गर्दै जुन ३० पछि यो अवसर नपाउने चेतावनी खानले दिए । विगत १० बर्षमा पाकिस्तानको ऋण ६ हजार अर्ब बाट ३० हजार अर्ब रुपैयासम्म पुगेको छ । बर्षमा करबाट संकलन हुने ४ हजार अर्ब रुपैयामा आधा रकम ऋणको किस्ता तिर्नमा खर्च हुने गरेको उनले बताए । बाँकी पैसाले देशको खर्च नचल्ने उल्लेख गर्दै पाकिस्तानी जनता विश्वमै सबैभन्दा कम कर तिर्ने केही मुलुकहरु मध्यकोमा पर्ने खानले बताए । ‘यदि हामी तयार हुने हो भने कम्तीमा हरेब बर्ष १० हजार अर्ब रुपैया संकलन गर्न सकिनेछ ‘– उनले बताए ।

जुन ३० सम्मको अल्टिमेटम दिँदै पाकिस्तानी प्रधानमन्त्रीले भने– म तपाईहरु सबैलाई अपिल गर्दछु, सम्पत्ती घोषणा गर्ने योजना लिएर आएो छु, त्यसमा तपाईहरु सबै सहभागी हुनु पर्ने छ । हामी आफैमा परिवर्तन हुन आवश्यक छ । अल्लाह कुरानमा भनेको छ, कुनै समुदायको स्थितिलाई परिवर्तन तब मात्र हुन्छ जब आफनो स्थितिमा परिवर्तन ल्याउन तयार हुन्छ । हाम्रो सरकारसँग ती सुचनाहरु छ , जुन पहिलेका कुनै पनि सरकारसँग थिएन । विदेशमा पाकिस्तानको सम्पत्ती र बैंक अकाउन्टकाु सुचना मसँग छ ।