‘फर्ब्स’ अनुसार विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी बने मेस्सी, कसको स्थान कहाँ ?

246

एजेन्सी, जेठ २९,
काठमाडौँ । अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका आइकन लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् । अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् । फोब्र्सका अनुसार मेस्सीको बार्षिक कमाई एक सय २७ मिलियन अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा पोर्चुगल एवं युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको कमाई बार्षिक एक सय ९ मिलियन अमेरिकी डलर छ । तेस्रो स्थानमा रहेका ब्राजील एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारको कमाई पनि एक सय ९ मिलियन डलर रहेको छ ।

लिओनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना) – १२७ मिलियन
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस) – १०९ मिलियन
नेइमार (ब्राजिल, पिएसजी) – १०५ मिलियन
क्यानेलो अल्भारेस, बक्सर (मेक्सिको) – ९४ मिलियन
रोजर फेडेरर, टेनिस (स्वीट्जरल्यान्ड) – ९३.४ मिलियन
रसेल विल्सन, फुटबल (अमेरिका) ८९.५ मिलियन
आरोन डोडगर्स, फुटबल (अमेरिका) – ८९.३ मिलियन
लेब्रोन जेम्स, बास्केटबल (अमेरिका) – ८९ मिलियन
स्टेफेन करी, बास्केटबल (अमेरिका) – ७९.८ मिलियन
केभिन डुरान्ट, बास्केटबल (अमेरिका) – ६५.४ मिलियन