Tuesday, July 28, 2026
Home Blog Page 1399
अन्नपूर्ण पोष्ट साउन १७, जनकपुरधाम । चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र।महोत्तरी मनरा सिसवा नगरपालिका-१० मधवा टोलका...
नेपाल समाचारपत्र, साउन १७, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने विषयमा सहमति भएको छ । बिहीबार निर्वाचन आयोगमा भएको सर्वदलीय बैठकमा उपस्थित अधिकांश राजनीतिक दलहरूले मंसिरमा चुनाव गराउन उपयुुक्त हुने सुझाव दिएका थिए । यही सहमतिको आधारमा आयोगले सरकारसंग परामर्श गरेर चा“डै नै निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी...
साउन १६, काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा:  आज म न्यायपालिकाको प्रमुखको हिसाबले तपाई (पत्रकार) हरु सामु प्रस्तुत भएको छु । संसारमा संविधानवादमा विश्वास राख्ने, प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने ठाउँमा यसलाई सहजरुपमा स्वीकार गर्नुपर्छ । आज न्यायपालिकाको प्रमुखले बरिष्ठतम न्यायाधीशज्यूहरु, नेपाल बार, सर्वोच्च बार, मुख्य रजिष्टार, रजिष्टार र कर्मचारीहरुलाई साथमा लिएर मैले प्रस्तुत हुनुपर्ने, यो संसारको रीति हो । अदालतले सहयोग मागिसके...
साउन १६, काठमाडौं । नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरे । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी...
साउन १६, काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले बिलासी वस्तुको आयात कम गरेका कारण भन्सार राजस्वमा कमी आएको बताएका छन्। भन्सार विभागले गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बिलासी वस्तुहरुको आयातमा कमी गरेका कारण भन्सार राजस्वमा कमी आएको जानकारी दिएका हुन्। आयातमा कडाइ गर्दा व्यापार वृद्धिदरमा कमी आएको खतिवडाको भनाइ छ। 'नेपालमा डम्पिङ गर्नुपर्ने सामानहरु आयात भएका...
साउन १६, काठमाडौं : पत्रकार दीपेन्द्र गजुरेलमाथि समाचार लेखेकै भरमा आक्रमण गर्ने चेतावनी दिएका एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको कदममाथि पत्रकार महासंघ युरोप च्याप्टरको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार गजुरेलमाथि समाचार लेखेकै भरमा वक्तव्य निकालेर सापकोटाले धम्की दिएको भन्दै त्यस्तो कदम तल्काल सच्याउन आग्रह गर्दै च्याप्टरका अध्यक्ष केजिन राईले बक्तव्य जारी गरेका छन्। निरंकुश शैलीमा...
साउन १६, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपा नेपालले संसदमा गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन बिहीबार सर्वदलीय बैठक बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । कांग्रेस र राजपाले बजेट र नीति तथा कार्यक्रम पारित भएलगत्तैदेखि संसद अवरुद्ध गरिरहेका छन्। करिब एक महिनोदखि संसद...
साउन १६, म त्यस्तै सात वर्षको हुँदो हुँ, मैले पहिलो पटक मेरा घरका मान्छेहरुको औंला मसीले रंगिएको देखें। त्यो मसी लाउने दिनको आसपास हाम्रो घरमा ठूल्ठूलो स्वरमा बहस चर्किने गर्थ्यो। त्यस्तो बहस, मैले देख्दै नदेखेका वा कहिले नामै नसुनेका मान्छेहरुबारे केन्द्रित हुने गर्थ्यो। बाहिर सडकमा छत नभएको जिपमा चढेका मान्छेहरु नारा लगाउँदै हिँडिरहेका हुन्थे। त्यो औंलामा मसी लगाउने दिनको...
साउन १६, भक्तपुर । भक्तपुरमा भएको फरक फरक सवारी दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको छ । मध्यपुर ठिमी न.पा.३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको ना ६ त ८६८ नं.को ट्याक्टर र सोही दिशातर्फ जादै गरेको प्रदेश ३–०२–००३ प ५५२९ मोटरसाइकल पछाडीबाट ठक्कर खान जादा एक जनाको मृत्यु भएको छ । २ जना घाइतेहरुलाई बुधबार राती ट्रमा सेन्टर...
साउन १६, भक्तपुर । भक्तपुर १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा बर्ष सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ । सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डीरहेको अबस्थामा बुबाले देखी पासो फुकाई मध्यपुर अस्पताल लगेको प्रहरीको भनाई...