महिला चेम्बर र सनराईज बैंकबीच साझेदारी

183

साउन १६,
काठमाडौं । नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेड बीच ब्यापार साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडयालले हस्ताक्षर गरे । सम्झौता पत्रमा महिला चेम्बरमा आवद्ध महिला सदस्यहरुलाई बैंकको तर्फबाट कर, लेखा र बित्त सम्बन्धी परामर्शमुलक विविध कार्यक्रम आयोजना गरि जानकारी उपलब्ध गराईने उल्लेख गरिएको छ ।
सो सम्झौता कार्यक्रममा बोल्ने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीहरुलाई आत्मविश्वास दिलाउन यस्ता अभिमुखिकरण कार्यक्रमले निकै योगदान पुर्याउने धारणा राखेकी थिईन । -ratopati