पत्रकारसँग सहयोग माग्दै प्रधानन्यायाधीश

50

साउन १६,
काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा: 
आज म न्यायपालिकाको प्रमुखको हिसाबले तपाई (पत्रकार) हरु सामु प्रस्तुत भएको छु । संसारमा संविधानवादमा विश्वास राख्ने, प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने ठाउँमा यसलाई सहजरुपमा स्वीकार गर्नुपर्छ । आज न्यायपालिकाको प्रमुखले बरिष्ठतम न्यायाधीशज्यूहरु, नेपाल बार, सर्वोच्च बार, मुख्य रजिष्टार, रजिष्टार र कर्मचारीहरुलाई साथमा लिएर मैले प्रस्तुत हुनुपर्ने, यो संसारको रीति हो ।
अदालतले सहयोग मागिसके पछाडि कुनै पनि निकायले यसलाई सहज रुपमा स्वीकार गर्नुपर्छ । सहज रुपमा यसलाई अनुसशरण गर्नुपर्छ भन्ने मलाई लाग्छ । न्यायपालिकाले माग्ने जुन सहयोग हो, यो तपाईहरुलाई अर्को अर्थमा भन्दाखेरि न्यायपालिकाको आदेशका रुपमा पनि तपाईहरुले लिनुपर्छ । हृदयदेखि नै लागेका कुराहरु मैले तपाईहरुलाई भनें । यति हामी उपस्थित भएर हामीले तपाईहरुसँग सहयोग मागिसके पछाडि मलाई विश्वास छ, तपाईहरुले सहयोग गर्नुहुनेछ । यसलाई अन्य अर्थमा नलिइदिनुहोला । अहिले जुन गम्भीररुपमा प्रश्न उठिरहेको छ, यो प्रश्नबाट न्यायपालिका कतै न कतै मर्माहत भएको छ । यो मैले तपाईहरुलाई राख्नैपर्छ ।

मर्माहत भएको यस मानेमा म मान्छु कि तपाईहरुले अहिले प्रश्न गरिदिनुभयो, हामीले पनि भनेका छौं कि अदालतलाई स्वतन्त्ररुपमा अगाडि बढ्न दिनुपर्छ । यसमा अहम भूमिका तपाई पत्रकार जगतकै हुन्छ । तपाईहरुले सही सूचना प्रवाह गरिदिनुभयो भने देशको नागरिक विश्वस्त रहन्छ, सुरक्षित रहन्छ । न्यायबाट न्यायपालिका विचलित छ भन्ने समाचार यदि गयो भने सम्पूर्ण नागरिकले असुरक्षित महसुस गर्छन् । यस मानेमा मैले तपाईहरुलाई गम्भीर रुपमा अनुरोध गर्न खोजेको हो ।

तपाईहरुलाई लाग्छ होला, मलाई पनि लाग्छ, यो पक्ष(पक्षवीचको जुन विवाद छ, त्यो प्राइभेट कानूनले प्रकाशन गर्नुपर्ने विषय हुन्न । जहाँ पब्लिकको सरोकार हुँदैन, त्यस्तो विषयमा तपाईहरुले जहिले पनि त्योसँग सरोकार रहेका सेवाग्राहीसँग उनीहरुको ईच्छा बुझेर मात्रै तपाईहरुले अगाडि बढिदिनुपर्छ । मुद्दामा भएका आदेश र फैसलाहरु पब्लिक डोमेनमा जान्छन् । तर, त्यहाँभित्रका विषयवस्तुचाहिँ प्रकाशन गर्ने कि नगर्ने, सञ्चारमा लाने कि नलाने, त्यसलाई नागरिकसम्म पुर्‍याउने कि नपुर्‍याउने भन्ने कुरो त्यो व्यक्तिको ईच्छामा भरपर्छ । व्यक्तिको अधिकारमा भरपर्छ । त्यसले गर्दा नागरिकको यो अधिकारमा पत्रकार जगतले जहिले पनि सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

अर्को, तपाईहरुको समाचारबाट अहिले न्यायपालिकामा महसुस भएको विषयवस्तुहरु र यसले परेको असर म पहिल्याउन चाहन्छु । म तपाईहरुलाई जानकारी गराउँछु । चलिरहेको मुद्दामा कहीँ न कहीँ प्रश्नहरु खडा भएपछि विचाराधीन मुद्दामा आजै पनि मैले समाचारमा देखेको छु, आज निर्णय हुने स्थितिमा पुगेको छ, बिराटनगरको ईस्युलाई यति ‘लामो समयावधि लगाइदियो’ भनेर खबर आयो । यस्तो खबरले कहीँ न कहीँ आदेशमा कलम चोप्ने न्यायाधीशलाई असर पर्दोरहेछ । यतिचाहिँ तपाईहरुले महसुस गर्दिनुपर्छ ।

न्यायपालिकालाई पीरमर्का परेको कारणले गर्दाखेरि निश्पक्ष न्याय सम्पादनमा पत्रिकामा आएको सम्प्रेषणले कतै न्याय दिने कार्यमा ढिलाइ पुगिरहेको छ कि रु यो कता(कता हामीलाई महसुुस भइरहेको छ । त्यसैले हाम्रो एउटा अनुरोध छ, विचाराधीन मुद्दालाई तपाईहरुले पत्रिकामा आउँदा आज यो मुद्दा यो वेञ्चमा विचाराधीन छ, आज विचार भइरहेको छ, हेयरिङ भइरहेको छ मात्रै भनिदिनुभयो भने हामीलाई धेरै सहयोग पुग्थ्यो । तर, विवादित न्यायाधीशकोमा पर्‍यो, फलानो न्यायाधीशकोमा पर्‍यो भन्दिनासाथै स्थिति एकदमै कता(कता जाने स्थिति देखापर्‍यो ।

एउटा न्यायपालिकाको प्रमुखको हिसाबले म आफूलाई लागेको कुरा भन्छु । यसमा तपाईहरुले दुःख महसुस नगरिदिनुहोला । कहिलेकाँही लेख रचनाहरु आउँछ । इजलासले स्वतन्त्र विचार राख्नुपर्ने, स्वतन्त्र निर्णय गर्नुपर्ने, यति दिग्गज व्यक्तित्वहरुको लेख र विचारबाट कहिलेकाहीँ प्रभाव पर्छ । एकातर्फ हामी भन्छौं, न्यायाधीहरुमा कुनै प्रभाव पर्नुहुँदैन । प्रभावले निश्पक्ष न्याय सम्पादन हुन्न भन्ने एकातर्फ सिद्धान्त छ भने अर्कोतिर विचाराधीन मुद्दामा यस्ता विचारहरु आएपछि कतै न कतै न्याय सम्पादनलाई असर पर्छ ।