भक्तपुरमा १२ वर्षका किशोरले गरे आत्महत्या

993
सांकेतिक तस्विर

साउन १६,
भक्तपुर । भक्तपुर १२ वर्षका एक किशोरले आत्महत्या गरेका छन् ।
सूर्यबिनायक नगरपालिका वडा नम्बर- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षका छोरा बर्ष सन्देश खतिवडाले बुधबार साँझ आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ ।
सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुण्डीरहेको अबस्थामा बुबाले देखी पासो फुकाई मध्यपुर अस्पताल लगेको प्रहरीको भनाई छ ।
उनलालई अस्पतालमै चिकित्सकले मृत घोषित गरेका थिए । शवको पोष्टहमार्टम पछि आफन्तलाई बुझाई पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।