साउन १६,
काठमाडौं : पत्रकार दीपेन्द्र गजुरेलमाथि समाचार लेखेकै भरमा आक्रमण गर्ने चेतावनी दिएका एनआरएन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाको कदममाथि पत्रकार महासंघ युरोप च्याप्टरको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार गजुरेलमाथि समाचार लेखेकै भरमा वक्तव्य निकालेर सापकोटाले धम्की दिएको भन्दै त्यस्तो कदम तल्काल सच्याउन आग्रह गर्दै च्याप्टरका अध्यक्ष केजिन राईले बक्तव्य जारी गरेका छन्। निरंकुश शैलीमा सापकोटाले धम्की दिएको भन्दै त्यसलाई सच्चाउन र सापकोटाले यस्तो कदम नरोके तत्काल कडा कदम चाल्न बाध्य हुने पनि च्याप्टरले भनेको छ। केही दिनअघि मात्रै पत्रकार गजुरेलले दुर्घटनामा निधन भएको समाचार लेखेपछि लासमाथि राजनीति गरेको भन्दै सापकोटाले कारबाही गर्ने धम्कीपूर्ण विज्ञप्ति निकालेका थिए।