प्रधानमन्त्री सिंगापुर जानुअघि फुक्ला गाँठो, सर्वदलीय बैठक बस्दै

143

साउन १६,
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी दल राजपा नेपालले संसदमा गरेको अवरोधका कारण उत्पन्न गतिरोध हटाउन बिहीबार सर्वदलीय बैठक बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । कांग्रेस र राजपाले बजेट र नीति तथा कार्यक्रम पारित भएलगत्तैदेखि संसद अवरुद्ध गरिरहेका छन्। करिब एक महिनोदखि संसद अवरुद्ध हुँदा कयौँ विधेक तथा सरकारका काम कारबाहीबारेमा छलफल हुन सकेको छैन। यो गतिरोधलाई शनिबार प्रधानमन्त्री सिंगापुर उड्नुअघि नै हटाउने गरी छलफल थालिएको हो । चिकित्सकको सल्लाह अनुसार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचार र आरामका शनिबार सिंगापुरतर्फ प्रस्थान गर्दैछन्। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जानुअगावै संसदको अवरोध हटाउने पहल थालेका हुन्। ‘प्रधानमन्त्रीलाई पनि यसबारेमा सबै जानकारी छ’, महराले भने, ‘उहाँ जानु भन्दा पहिले यो गतिरोध हटाउने गरी छलफल थालेका छौँ।’ किन संसदमा अवरोध? कांग्रेस र राजपाले विभिन्न ५ वटा माग राख्दै संसदमा अवरोध गरिरहेका छन्। कांग्रेसले सर्लाहीको इश्वरपुरमा प्रहरीको गोलीबाट मारिएका सरोजनारायण महतो र लालबन्दीमा प्रहरीबाटै मारिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपका जिल्ला इन्चार्ज कुमार पौडल प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । अर्को प्रतिपक्षी दल राजपाले कांग्रेससँग कार्यगत एकता गर्दै मधेस आन्दोलनमा भएको २०७२ साउनदेखि तराई, मधेस र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न गठन गरिएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। यीसँगै दुई दलले पछिल्लो समय कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मल पन्तको २०७५ साउन १० बलात्कारपछि भएको हत्याको छानिबनको पनि माग गरेका छन्। उनीहरुले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामखु र उपसभामुख एकै पार्टीको भएको भन्दै नाराबाजी गरे। तर सभामुख कृष्णबहादुर महराले अदालतमा विचाराधीन रहेको विषयमा नबोल्न रुलिङ नै गर्नुपरेको थियो । आ–आफ्नै अडान प्रतिनिधि सभामा देखिएको अड्चनको सधाधानका लागि सभामुख महराले सर्वदलीय बैठक आह्वान गरेका हुन् । तर दलहरु आ–आफ्नै अडानमा छन्। कांग्रेस र र राजपाले सलार्हीका दुई हत्याकाण्डमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान राखेका छन। ‘यो समिति नबनेसम्म संसदमा जारी अवरोध हट्दैन’, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भनेका छन्। उता नेकपाका