Wednesday, July 29, 2026
Home Blog Page 1378
साउन ३१, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका विभागको टुंगो लगाएको छ । शुक्रवार बसेको सचिवालय बैठकले विभागको टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखमा माधव नेपाल र उपप्रमुख राम कार्की छन् ।अन्य कुन नेतालाई कुन जिम्मेवारी ?नीति अध्ययन प्रतिष्ठान: प्रमुखमा झलनाख खनाल संगठन विभागः प्रमुखमा वामदेव गौतम स्कूल विभागः प्रमुख ईश्वर पोखरेल प्रचार विभागः प्रमुख नारायणकाजी...
साउन ३१, पर्वत । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते भएका छन् । घाइते क्षेत्रीलाई उपचारका लागि पोखरा पठाइएको...
साउन ३१, रुपन्देही । नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ । रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा र ढकालको गाडी लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको...
अन्नपूर्ण पोष्ट साउन ३१, काठमाडौं । सरकारले एउटै प्रक्रियाबाट विद्युतीय बस खरिद गर्ने भएको छ। साझा यातायातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत तत्काल सञ्चालन गर्न पाँचवटा विद्युतीय बस सरकारी तहमा सम्झौता (जीटुजी) गरी खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो। मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा लानुअघि टिप्पणी उठाउने क्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सबै विद्युतीय बस एउटै प्रक्रियाबाट खरिद...
कान्तिपुर दैनिक साउन ३१, काठमाडौँ । नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन ९ईयू० ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न...
नागरिक दैनिक साउन ३१, धनगढी । धनगढी उपमहानगरपालिकामा बनाइएको चक्रपथ एक महिना नपुग्दै भत्किन थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढीमा निर्माण गरिएको चक्रपथको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिनामै भत्किनुले गुणस्तरहीन काम भएको पुष्टि भएको छ। निर्माणाधीन चक्रपथको धनगढी उपमहानगरपालिका–३ मा सम्पन्न भएको ८ दशमलब ९ किलोमिटर खण्ड एक महिना नपुग्दै भत्किएको हो। ४२ किलोमिटरको चक्रपथ...
साउन ३१, भक्तपुर । देशभरका नेवार समुदायले शोक र व्यंगको गाईजात्रा पर्व आज मनाउदैं छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आज शुक्रबारदेखि आठदिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक...
साउन ३०, सुर्खेत । कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका छन्। ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका हुन्। नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम खत्रीलाई पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री...
साउन ३०, काठमाडौं काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः अचानक अस्वस्थ्य भएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि फेरि छिट्टै विदेश लैजाने तयारी भएको श्रोतले जनाएको छ ।यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५...
साउन ३०, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या गरे । उनले आत्महत्या गर्नु भन्दा अगाडी बनाएको एउटा भिडियोले अहिले सनसनी मच्चिएको छ । सामाजिक संजाल फेसबुकले भने पुडासैनीलाई अब सम्झनामा मात्र देखिने बनाएको छ ।पक्राउ परेका रबि, युवराज र अस्मितालाई चितवन लगियो प्रहरीले प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रबि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम...