नेकपा विभागको नेतृत्व तोकियो, नामावली सहित

225

साउन ३१,
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीका विभागको टुंगो लगाएको छ । शुक्रवार बसेको सचिवालय बैठकले विभागको टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विदेश विभाग प्रमुखमा माधव नेपाल र उपप्रमुख राम कार्की छन् ।

अन्य कुन नेतालाई कुन जिम्मेवारी ?

नीति अध्ययन प्रतिष्ठान: प्रमुखमा झलनाख खनाल
संगठन विभागः प्रमुखमा वामदेव गौतम
स्कूल विभागः प्रमुख ईश्वर पोखरेल
प्रचार विभागः प्रमुख नारायणकाजी श्रेष्ठ
अर्थ योजना विभागः सुरेन्द्र पाण्डे रहेका छन् ।