प्रधानमन्त्री ओली अस्वस्थ, उपचारका लागि फेरि विदेश लैजाने तयारी

245
फाइल तस्बिर

साउन ३०, काठमाडौं
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य भएका छन् । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओली आज पुनः अचानक अस्वस्थ्य भएका हुन् । प्रधानमन्त्रीको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि फेरि छिट्टै विदेश लैजाने तयारी भएको श्रोतले जनाएको छ ।

यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५ गते फलोअपका लागि सिंगापुर जाने तयारी थियो । उनको अस्वस्थताका कारण आज बस्ने भनिएको क्याविनेट बैठक र पार्टी सचिवालयको बैठक समेत स्थगित भएको छ । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक स्थगित गरिएको हो ।