Wednesday, July 29, 2026
Home Blog Page 1379
साउन ३०, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो । -अनलाइनखबरलाई
साउन ३०, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। लोक सेवा आयोग अध्यक्ष उमेश मैनाली नेतृत्वको सिफारिस समितिले डा. सुरेन्द्र शेरचन, शम्भु पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको शिक्षा मन्त्रालय स्रोतले जनायो।समितिले बुधबार शिक्षा मन्त्रालयमा सिफारिस पठाएको स्रोतको भनाइ छ। आयोग उपाध्यक्षका लागि ११ जनाले आवेदन दिएका थिए। तीमध्ये दुई जनाको नाम रद्द...
एजेन्सी, साउन ३०, काठमाडौं । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकैबारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । सो विमान मस्को शहरको झुकोप्स्की...
एजेन्सी, साउन ३०, काठमाडौं । श्रीलंकामा एक हात्तीलाई पर्वमा वर्षैपिच्छे जबर्जस्ती परेड गर्न लगाइने र यातना दिने गरिएकाले दुब्लाएर सबै हाड देखिने कारुणिक तस्वीर सार्वजनिक भएको छ । टिकीरी नामक ७० वर्षीया ढोइलाई अन्य ६० हात्तीहरूसँगै श्रीलंकाको पेराहेरा पर्वमा परेड गर्न लगाइनेछ । तर ढोइको शरीर कमजोर छ अनि उनी बिरामी छिन् ।यो दश दिने बौद्ध पर्वमा जनावरहरूलाई सजाइन्छ...
साउन ३०, एजेन्सी, वासिङ्टन । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि...
साउन ३०, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।वरिष्ठ साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन...
एजेन्सी, साउन ३०, टोकियो । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ ।...
साउन ३०, एजेन्सी । पोर्न भिडियो बनाउने उद्योगमा सोझा महिलालाई काम गर्न प्रेरित गर्दै शोषणको सिकार बनाउने गरेको कुरा पूर्व पोर्नस्टार मिया खालिफाले बताएकी छिन्। पोर्न उद्योगविरूद्ध बोल्दै उनले सोझा महिलालाई फसाउने गरेको बताएकी हुन्। आफ्ना अतीतबारे बोल्न नचाहने खालिफा अमेरिकी लेखक मेगन अबोटसँग धेरै कुरा खुलेर सुनाइन्। २६ वर्षीया खालिफाले सन् २०१४ देखि २०१५ सम्म पोर्न...
साउन ३०, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने...
साउन ३०, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाडले आफु श्रमिकको मुद्दा स्थापित गर्न पार्टी नेतृत्वको विपक्षमा उभिन पनि तयार रहेको बताउनु भएको छ । ट्रेड युनियन लोकतन्त्रको जग भएको उल्लेख गर्नु हुँदै पार्टीमा श्रमिकको प्रतिनिधित्व र मुद्दाहरुमा यदि पदाधिकारीहरु मान्नु हुन्न भने ट्रेड युनियन कांग्रेसले विरोध गर्न सक्नु पर्ने र त्यस अभियानमा आफ्नो...