किशोरकिशोरीमा लागुपदार्थको लत बढाउन ‘डिजिटल एक्सपोजर’ मुख्य कारक

3

स्कुल, कलेज पढ्दै गरेका किशोरकिशोरीहरू लागुपदार्थको लतमा पर्ने समस्या धेरै छ । छिमेकी देश भारतमा यसबारे एक अध्ययन भएको छ । जसमा स्कुले किशोरकिशोरीहरूमा यो लत बढ्दै गएको देखाएको छ । २०२५ –२०२६ मा गरिएको यो सर्वेक्षणको रिपोर्ट ‘द ल्यान्सेट रिजनल हेल्थ स्वास्थ्य– साउदइस्ट–एशिया’ मा प्रकाशन गरिएको छ । अध्ययनले किशोरकिशोरीहरू लागुपदार्थ प्रयोगको सबैभन्दा उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।सर्वेक्षणमा गोरखपुर, उत्तर प्रदेश, कामरूप, असम, नागपुर, महाराष्ट्र, राजकोट, झारखण्ड र पुडुचेरीका सरकारी र निजी विद्यालयहरू समेटिएका थिए । सर्वेक्षणले २१.४ प्रतिशत किशोरकिशोरीहरूलाई लागूपदार्थ प्रयोगको मध्यम वा उच्च जोखिमका रहेको तथ्यांक निकालेको छ । जसमा १०.३ प्रतिशत मध्यम जोखिममा रहेको देखियो भने ११.१ प्रतिशत उच्च जोखिममा रहेको पाइयो । यो पनि उल्लेखनीय छ कि गुवाहाटी र देवघरका विद्यालयहरूमा उच्च जोखिम भएका किशोरकिशोरीहरूको अनुपात बढी थियो ‍। नागपुर र पुडुचेरीमा किशोरकिशोरीका जोखिमको अनुपात कम देखियो ।

डिजिटल एक्सपोजर ठूलो कारक
अध्ययनले किशोरकिशोरीहरूलाई लागूपदार्थ प्रयोगको जोखिममा धकेल्न डिजिटल एक्सपोजर सबैभन्दा ठूलो कारक भएको बताएको छ । प्रविधिको प्रयोग बढ्दो रहेकाले यसले लतमा पर्नका लागि सहयोगी भूमिका खेलेको अध्ययनको निष्कर्ष छ । बालबालिकाहरू इन्टरनेटको दुनियाँमा जति धेरै हराउँछन्, त्यति नै खराब संगत र लतमा फस्ने जोखिम बढ्ने अध्ययनकर्ताको दावी छ । अर्को मुख्य कारण भनेको लागूपदार्थको सहज उपलब्धता रहेको सर्वेक्षणले देखाएको छ । यसपछि लागुपदार्थ प्रयोगप्रति किशोरकिशोरीमा रहेको अनुकूल दृष्टिकोण पनि अर्को कारण मानिएको छ ।