फेसबुकले यसो भन्छ, पत्रकार पुडासैनीको बारेमा

289

साउन ३०,
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या गरे । उनले आत्महत्या गर्नु भन्दा अगाडी बनाएको एउटा भिडियोले अहिले सनसनी मच्चिएको छ । सामाजिक संजाल फेसबुकले भने पुडासैनीलाई अब सम्झनामा मात्र देखिने बनाएको छ ।

पक्राउ परेका रबि, युवराज र अस्मितालाई चितवन लगियो
प्रहरीले प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रबि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट पक्राउ परेका रबि र युवराजसहित सुस्मितालाई पनि सँगै राखेर चितवन प्रहरीको जिम्मा लगाइएको हो । चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेंललाई पक्राउ गरेको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले सुस्मिता कार्की, रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ ।

उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।