नेकपा प्रमुख सचेतक ढकालको घर र गाडीमा बम प्रहार

170

साउन ३१,
रुपन्देही । नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ । रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा र ढकालको गाडी लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।