भदौ २,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भन्न नमिल्ने तर्क गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनोज’ भनेकोमा आपत्ति जनाए । उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो । उनले सरगमाथालाई माउन्ट...
भदौ २,
काठमाडौं ।पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेका छन्। महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका हुन्। थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई धकेलेका हुन्।पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल...
एजेन्सी, भदौ २,
काठमाडौं । ‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ । दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको...
भदौ २,
जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी ओली शर्मा नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् । आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए ।तर वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर आइपुगेका प्रचण्डले ओली नेतृत्वको...
भदौं २,
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आत्महत्या गरेका छन् । २६ वर्षका कुमार आशिष ‘टाटा मोटर्स’ को लागि काम गर्ने कम्पनी ‘अटोमेटिक एक्सेला’ मा काम गर्थे । आत्महत्या गर्नु एक घण्टा अघिमात्र उनी श्रीमतीलाई भेट्न उनको कलेज गएका थिए । त्यसपछि उनी आफ्ना साथीसँग एकछिन घुमे । त्यसपछि घर फर्किए...
-राजधानी दैनिक
भदौं २, काठमाडौं । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ । काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका केही विद्यालयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण...
भदौं २,
नवलपरासी — पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक बाढीले बगाएका कारण अवरुद्ध रहेको महेन्द्र राजमार्गमा १६ घण्टादेखि यातायात ठप्प भएको छ । राजमार्ग ठप्प हुँदा महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका हजारौ यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमको जंगलमा अलपत्र छन्।आइतबार साँझ ५ बजेपछि लगातारको वर्षात्का कारण अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको...
राजधानी दैनिक
भदौं २,
काठमाडौं। छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भरोसा पर्ने द्विविधामा छन् । लामो समयसम्म मुद्दाको सुनुवाइ नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षौंदेखि अदालतले महिलाको मुद्दामा भने कम प्र्राथमिकता दिने गरेको पाइएको छ । जिल्ला अदालतदेखि...
अन्नपूर्ण पोष्ट दैनिक
भदौं २,
काठमाडौं । नेपाल भौगोलिक रूपमा इजरायलभन्दा भन्डै सात गुणा ठूलो छ। इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ। पानी आक्कलझुक्कल पर्छ। कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता कृषि पेसामा आबद्ध छन्। त्यो मुलुकले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ। नेपालमा कुल जनसंख्याको ६५...
नागरिक दैनिक
भदौं २, काठमाडौं । सरकारमा सहभागी भएको १५ महिना नबित्दै दुई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीबीच सम्बन्ध बिग्रन थालेको छ। समाजवादी पार्टीका नेताहरू लामो समयसम्म पनि संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा सरकारको नेतृत्व गर्ने दल नेकपासँग आक्रोशित छन्। सरकारसँग दुईबुँदे सहमति गरी २०७५ जेठ २२ गते समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सरकारमा...










