हात्तीपाइलेको उच्च जोखिममा काठमाडौं

671

-राजधानी दैनिक
भदौं २, काठमाडौं । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ । काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका केही विद्यालयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सर्वेक्षण गरिएको थियो ।

सो क्रममा काठमाडौंका १६, भक्तपुरका तीन र ललितपुर महानगरपालिकाभित्रका पाँच जना विद्यार्थीमा हात्तीपाइलेको संक्रमण देखिएको थियो । केही निजी विद्यालयले शरीरमा हात्तीपाइले रोगको परजीवीको अंश छ या छैन भनेर गरिने परीक्षण गराउन इन्कार गरेका थिए । सरकारले गत वर्ष १५ जिल्लाका ७८ लाख ४९ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने लक्ष्य लिएको थियो । सो रोगको जोखिममा रहेका जिल्लामा पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर छन् ।