गैंडालाई अंग्रेजीमा “राइनोज” भन्न मिल्दैन गैंडा नै भन्नुपर्छ : प्रधानमन्त्री

97

भदौ २,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भन्न नमिल्ने तर्क गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनोज’ भनेकोमा आपत्ति जनाए । उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’

नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो । उनले सरगमाथालाई माउन्ट एभरेष्ट नभइ सगरमाथा नै भन्नु पर्ने बताए । ४३ देशका ४ सयम भन्दा धेरै प्रतिनिधिसहभागी भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि सरकार गम्भीर रहेको बताए ।