नयाँ नेपाल न्यूज
भदौं १,
भक्तपुर । देशभर नै सार्वजनीक जग्गा संरक्षणको बहस चलिरहेको छ । त्यसैक्रमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले समेत १० वर्ष अगाडीनै निणर्य भएको नगरकोटमा वन अतिक्रमण गरेर बनाईका संरचना आइतबार हटायो । तर उक्त नगरपालीकाले धेरै स्थानमा रहेका सार्वजनिक जमिन संरक्षण गर्न भने निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
नेपाली सेनाको खरिकपाटी ब्यारेकदेखि सुरु हुने नगरपालिकाको सीमानाबाट नगरकोटसम्म पुग्दा...
भदौं १,
भक्तपुर । जिल्ला वन कार्यालय भक्तपुरको नेतृत्वमा चाँगुनारायण नगरपालिकाको टोली सुरक्षाकर्मी सहित वन र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका घर टहरा भत्काउन पुग्यो । वन कार्यालय भक्तपुर र चागुनारायण नगरपालिकाले वडानम्बर ६ स्थित नगरकोटमा वनक्षेत्र अतिक्रमण गरेर बनाएका घरटहरा भत्काएको हो । यसअघि नगरपालिका र वन कार्यालयले वन क्षेत्रमा बनाएका भौतिक संरचना हटाउन सूचना जारी गरेका थिए ।...
भदौं १,
कास्की । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै...
भदौं १,
काठमाडौँ । सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
आइतबार छोटो समयको लागि जिल्लाको पक्राउ पुर्जी बदर गर्दै प्रधानन्याधीश जबराको एकल इजलासले सो आदेश दिएको हो । अल्पकालीन आदेश भदौ १५ गतेसम्मलाई तोकिएको छ । केही दिनअघि बहुविवाह...
-निर्मल भट्टराई
मोनिङ्गवाक सकेर यसो चियापसलतिर लस्कने बानी मेरो पुरानै बानी हो । पसलको चियामुखमा परेन भने त के नभएको के नभएको जस्तो लाग्छ । म पसलपुगेपछि पसलका राजनीतिक जिज्ञासुहरुसंग राजनीतिक छलफल, अड्कल र बहस शुरु भईहाल्छ । काँठका चिया पसलहरु त्यसै त ठूल्ठूला राजनीतिक गफगर्ने अखडा मानिन्छन् । आज त्यस्तै छलफल भयो । “यो सरकार त दशै अगाडि नै...
-रुपक ढकाल
इमान्दारी गरिब हुन्छ, लुटेरा साउ हुन्छ
जो न्यायको लागि लड्छ त्यही पक्राउ हुन्छ ।हत्यारा बलात्कारिको जय जय कार गर्नुपर्छ
नत्र तिनै हत्याराबाट तिम्रो घेराउ हुन्छ ।लुट्न सके लुट कान्छा भविस्य उज्ज्वल छ
यहाँ लुट्नकै लागि धेरै अँध्यारो ठाउँ हुन्छ ।तँ अगाडि बड म घचेडेजस्तो गर्छु
तँलाइ झुक्याएर लडाउने असली दाउ हुन्छ ।
भक्तपुर
राजधानी दैनिक
भदौं १, काठमाडौं। जिल्ला अदालतबाट लगातार सयौं मुद्दाको सुनुवाइ भएर पीडितले न्याय पाइसक्नुपर्नेमा एउटै मुद्दा वर्षौंदेखि अल्झिरहेको छ । एक वर्षअघि काठमाडौं जिल्ला अदालतले १० वटा मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ थाले पनि सो प्रक्रिया बीचमै टुंगिएको छ । यो प्रक्रियाले अहिले देशभरका अदालतमा निरन्तरता पाउन सकेको छैन । अदालतले गत वर्ष थालेको सो प्रक्रिया बीचमै रोकिएपछि...
सुरेन्द्र काफ्ले (अन्नपूर्ण पोष्ट)
भदौं १, काठमाडौं । जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ। सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण...
गोरखापत्र दैनिक
भदौ १, भक्तपुर । भक्तपुर नगरपालिकाले दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेपछि समितिबारे विवाद खडा भएको छ । क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेपछि विवाद बढेको हो ।
भक्तपुर नगरप्रमुख प्रजापतिले नेपाल अर्ब‘द रोग निवारण संस्था नामक...
लक्ष्मी काफ्ले (नयाँ पत्रिका दैनिक)
भदौ १, झापा । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न खाडी मुलुक पुगेका नेपाली युवा क्यानडा जान पाउने प्रलोभनमा परेर सामाजिक सञ्जालबाट ठगिने गरेको पाइएको छ । क्यानडामा रोजगारी र पिआरसमेत पाउने लोभमा परेका उनीहरू सामाजिक सञ्जालमा आउने सन्देशका कारण फस्ने गरेका हुन् । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यसको खुलासा भएको हो ।...










