भिडियोमा हेर्नुहोस् चट्याङले मानिसलाई छोएको भयावह दृश्य

293

एजेन्सी, भदौ २,
काठमाडौं । ‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ । दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा पोष्ट गरेका छन् । भिडियोमा देखिए अनुसार म्याकनिल छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ पर्छ । चट्याङ पर्ने बित्तिकै उनले बोकिरहेको छाता हातबाट झर्छ ।

Cameras caught my crazy experience with lightning. Supa thankful to have been able to motor scoot out of there without major injures

Publiée par Romulus McNeill sur Vendredi 16 août 2019

उक्त भिडियो र फोटोले धेरैलाई स्तब्ध बनायो । कतिले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । कतिले उनी सौभाग्यले बाँचेको भन्दै चिट्ठा खेल्न पनि सुझाए ।