Thursday, July 30, 2026
Home Blog Page 1370
भदौ ४, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । उनी नेपाली फिल्म ‘पासर्वड’ फिल्मको पिमियरमा सहभागी हुन नेपाल आगेको बताइएको छ ।एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ ।...
भदौ ४, काठमाडौं । धानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।भेटवार्तामा दुई देशबीचको पारस्पारिक सम्बन्धका विषयमा कुराकानी भएको जनाइएको छ । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक बिहीबारसम्म चल्नेछ । आयोग बैठकको...
भदौ ४, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले तत्कालै क्लिनफिड लागू हुने व्यवस्था राख्दै विज्ञापन विधेयक पारित गरेको छ । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था थियो । तर, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर बुधबार उक्त विधेयक पारित गरेको हो...
भदौ ४, काठमाडौं । टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।निकिताले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक...
भदौ ४, काठमाडौं । यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह...
एजेन्सी, भदौ ४, अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट...
एजेन्सी, भदौ ४, काठमाडौं । हंगेरीको भेजप्रेम काउन्टीमा रहेको बालाटोन तालमाथि च्याउ आकारको बादल देखिएपछि मानिसहरू छक्क परेका छन् । यस्तो बादल आणविक विस्फोट गरिएका ठाउँमा देखिने गर्छन् । तर सामान्यतया यसलाई ‘वेट माइक्रोबर्स्ट’ भनिने गर्छ । यसको भिडियोमा स्थानीयहरूले च्याउ आकारको बादल देखेर उत्साहित हुँदै कुरा गरेको सुनिन्छ ।अद्भुत बादलसँगै छेउमा इन्द्रेणी टल्केको पनि देखिन्छ । अलेक्जान्द्रा ग्रेगोरले उक्त...
भदौ ४, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर नेपाल आएका छन् । जयशंकर बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे । बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् ।विदेशमन्त्रीस्तरीय उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् । तीन...
भदौ ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी एकजना सांसदले गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खेमकुमार विकले रविको पक्षमा भइरहेको जुलुस र प्रदर्शनका नाममा देशमा हिंसा भड्काउन खोजिएको आरोप लगाएका छन्।‘रवि लामिछानेसँग सम्बन्धित जुलुस, धर्ना देशका केही ठाउँमा...
एजेन्सी, भदौ ४, काठमाडौं । अमेरिकाको ओहियोकी एकजना महिलाले अमेरिकी अन्तरीक्ष संस्था नासाविरुद्ध मुद्दा हालेकी छन् । चन्द्रमाको धुलो आफैसँग राख्न पाउनुपर्ने माग गर्दै उनले मुद्दा हालेकी हुन् । ती महिलालाई चन्द्रमामा पहिलोपटक पाइला टेक्ने निल आर्मस्ट्रंगले चन्द्रमाको सतहबाट लिएको धुलोको उपहार दिएका रहेछन् । लाउरा सिस्को नामकी ती महिलाले सो धुलो आफैसँग राख्न पाउनुपर्ने र नासाको हक नलाग्ने...