भारतीय विदेशमन्त्री जयशंकरलाई काठमाडौंमा परराष्ट्र सचिवले गरे स्वागत

207

भदौ ४,
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर नेपाल आएका छन् । जयशंकर बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे । बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् ।

विदेशमन्त्रीस्तरीय उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् । तीन वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठक बुधवारदेखि राजधानीमा शुरू हुँदैछ । बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकन हुने र सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।