सन्नी लियोनी नेपाल आउँदै

131

भदौ ४,
काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । उनी नेपाली फिल्म ‘पासर्वड’ फिल्मको पिमियरमा सहभागी हुन नेपाल आगेको बताइएको छ ।

एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् ।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ । अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।