Thursday, July 30, 2026
Home Blog Page 1369
भदौ ५ काठमाडौं । यू-१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए ।यस्तै टोलीमा ऋत गौतम, पवन शरार्फ, भीम सार्की र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल...
एजेन्सी, भदौं ५, काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ को प्रर्दशन मिति तय गरिएको छ । यो फिल्म यहि डिसेम्बर २० अर्थात पुस ४ गते देखि प्रर्दशनमा आउने जानकारी यसै साता मात्रै मिडियामा आएको हो ।भारतिय समिक्षक तरण आदर्शले ट्विटरमा लेखेका छन्, ‘रिलिज डेट तय भयो । चुलबुल पाण्डे डिसेम्बर २० मा आउँदैछन् । दबंग ३ हिन्दी,...
भदौ ५, सोलुखुम्बु । सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको...
भदौ ५, अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते भएका छन् ।रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जिप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत...
भदौं ५, काठमाडौं । यही भदौ ७, ८ र ९ गते हुने थरूहटरथारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ र ९ गते...
भदौ ४, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए ।...
एजेन्सी, भदौ ४, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतलाई कश्मीर बेचेको आरोप लागेको छ । पाकिस्तानको संयुक्त बहुदलीय सम्मेलनले इमरान सरकारमाथि अन्तर्राष्ट्रिय षड्यन्त्र अन्तर्गत कश्मीर बेचेको आरोप लगाएको हो । सरकार हटाउनका लागि इस्लामाबाद घेर्ने रणनीति उनीहरूले बनाएका छन् ।डन पत्रिकामा छापिएको समाचारअनुसार, सम्मेलनका संयोजक तथा जमीयत उलेमा ए इस्लाम एफका प्रमुख मौलाना फजलुर रहमानले सबै...
भदौ ४, काठमाडौं । मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनलाई ५९ हजार घुससहित पक्राउ गरेको हो।दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले कुँवरलाई सेवाग्राहीसँग ५९ हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
भदौ ४, काठमाडौं । संसदको अर्थसमितिले दर्जनौँ बैठक गरिसकेको छ । गच्छदार दर्जनौ बैठक बोलाउँदा बिरलै समितिको बैठकमा उपस्थित हुने सदस्यहरूमा कांग्रेस सांसदहरु विजयकुमार गच्छदार र शशांक कोइराला हुन्। गच्छदार आक्कल-झुक्कल समितिकै बठैकमा आए पनि बुधबार पहिलो पटक आफ्नो धारणा राखेका छन्। अर्थमसितिमा छलफलका क्रममा रहेको राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐनको संशोधन विधेयकबारे निजी क्षेत्रसँग गरिएको छलफलमा गच्छदारले...
भदौं ४, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर...