हंगेरीको एक तालमाथि च्याउ आकारको बादल देखिएपछि…

172

एजेन्सी, भदौ ४,
काठमाडौं । हंगेरीको भेजप्रेम काउन्टीमा रहेको बालाटोन तालमाथि च्याउ आकारको बादल देखिएपछि मानिसहरू छक्क परेका छन् । यस्तो बादल आणविक विस्फोट गरिएका ठाउँमा देखिने गर्छन् । तर सामान्यतया यसलाई ‘वेट माइक्रोबर्स्ट’ भनिने गर्छ । यसको भिडियोमा स्थानीयहरूले च्याउ आकारको बादल देखेर उत्साहित हुँदै कुरा गरेको सुनिन्छ ।

अद्भुत बादलसँगै छेउमा इन्द्रेणी टल्केको पनि देखिन्छ । अलेक्जान्द्रा ग्रेगोरले उक्त भिडियो खिचेका हुन् । उनका अनुसार, मानिसहरू यो बादल देखेर तर्सिएनन् अनि तालमा पौडी खेलिरहे । माइक्रोबर्स्ट चट्याङ पर्दा वा पानी पर्दा देखिने गर्छ । यो केही मिनेटका लागि मात्र देखिने गर्छ ।