Monday, September 21, 2026
Home समाचार रवि लामिछानेकी पत्नी निकिताले दिईन ३ जना बिरुद्ध उजुरी

रवि लामिछानेकी पत्नी निकिताले दिईन ३ जना बिरुद्ध उजुरी

263

भदौ ४,
काठमाडौं । टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।निकिताले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध छ ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि मंगलबार फेरी पाँच दिनको म्याद थप गरिएको छ ।