अफगानिस्तानमा हवाई आक्रमण, १८ जना विद्रोहीको मृत्यु

130

एजेन्सी, भदौ ४,
अफगानिस्तान । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए ।सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।–सिन्ह्वा