नागरिक दैनिक
कार्तिक २६, दार्चुला । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समेटेपछि देशभर त्यसको विरोध भइरहेको छ। दार्चुलामा पर्ने सामरिक महत्वको उक्त त्रिदेशीय सीमाक्षेत्रमा भएको छिमेकीको हस्तक्षेपविरुद्ध नेपालीमा राष्ट्रिय एकताको भावना प्रदर्शन भइरहेको छ। यसरी देशभर राष्ट्रियता बलियो हुँदै गएको देखिए पनि दार्चुलाको सीमाक्षेत्रमा भने राज्यविहीनताको स्थिति छ।
म्गपपब ज्गलगकजहाँ राष्ट्रियता खतरामा छ, त्यहीं राज्यको उपस्थिति...
कार्तिक २६,
काठमाडौं । फिल्म ‘माया पिरिम’को ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीतमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्री फिचर्ड छन् ।
गायक लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा कोशिश क्षेत्री,...
कार्तिक २६,
काठमाडौ । नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । २०७६ असोज मसान्तसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसले देखाउँछ तपाईं हामी ऋण मुक्त छैनौँ ।उसो भए नेपाली मात्र...
कात्तिक २५,
काठमाडौं : सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलासहितका क्षेत्रमा सीमा सुरक्षा बल थप्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताउँदै आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न लागिएको जानकारी दिए। ‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ । सीमा सुरक्षाको जिम्मेवारी गृहमन्त्रालयको हो’, उनले भने, ‘दार्चुलामा...
कात्तिक २५,
चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीहरुले कलेजमा ताला लगाएका छन्। आफुहरुसँग विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले भरतपुर उपमहानगरपालिका–१३ कैलाशनगरमा रहेको कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। विद्यार्थीहरुको महिनौंको आन्दोलनपछि गत असोज ४ मा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच त्रिपक्षीय छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट अवैध रुपमा बढी...
कात्तिक २५,
काठमाडौं : संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितले सोमबार बोलाएको थियो। तर सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठकमा सहभागी भएका ओली सिंहदरबारमा भएको समितिको बैठकमा अनुपस्थित भएका हुन्। प्रम ओली अनुपस्थित भएपछि उनको...
कात्तिक २५,
धनगढी : खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका कञ्चनपुर पुनर्वासका किरण सुनारको साथमा आफ्नै जग्गाको लालपुर्जा छ। तर, उनीसँग जग्गा भने छैन। उनको हातमा भएको लापुर्जाको जग्गा भारतीय पक्षले कब्जा गरेका छन्। दुई दशकभन्दा बढी समयदेखि सुनारको जग्गामा भारतीय पक्षले खेती लगाइरहेका हुन्। उनको १५ कट्ठा खेतीयोग्य जमिन २४ वर्षदेखि भारतीय पक्षले कब्जा गरेको हो। २०२८ सालदेखि...
कार्तिक २४,भक्तपुर । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको सरकारको अग्नी परिक्षा शुरु भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजिक साक्षात्कार कार्यक्रममा बोल्दै जबराले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र सो अतिक्रणबारे वर्तमान सरकारको राष्ट्रवादी चरित्र स्पष्ट हुने बताउनु भएको हो ।उहाँले बर्तमान सरकारले अतिक्रमण बारे ढिला गरि निकाल्को बिज्ञप्ति बारे...
कार्तिक २४,भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ हुन् लागेको छ । ममता केन्द्र नेपालले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १३ गते देखि २३ गते सम्म मेला साथै सांस्कृतिक कार्यक्रम एवं खेलकुद सप्ताह हुन् लागेको...
राजनीतिक परिर्वतनबाट मात्र मुलुकको सम्पूर्ण परिर्वतन संम्भव हुने विश्वासका साथ जीवन समर्पण गरेका एक युवा हुनुहुन्छ देबिप्रसाद ढकाल (डीपी) । यहिँ मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा उहाँलाई नेकपाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदकालागि उम्मेदवार बनाएको छ । प्रदेश सांसद स्वर्गीय हरिशरण लामिछानेको सपनालाई पुरा गर्दै आफ्नो प्रदेश क्षेत्रमात्र नभएर समग्र भक्तपुरलाई विकाश गर्न...










