एक नेपालीको थाप्लोमा साढे ३६ हजार विदेशी ऋण

1180

कार्तिक २६,
काठमाडौ । नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । २०७६ असोज मसान्तसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसले देखाउँछ तपाईं हामी ऋण मुक्त छैनौँ ।

उसो भए नेपाली मात्र होइन विकसित देशका जनताहरु अझ बढी ऋणमा छन् । नेपाल सरकारलाई लागेको सार्वजनिक ऋणको आधारमा एक नेपालीको थाप्लोमा पर्ने ऋण निकाल्दा ३६ हजार ५ सय २५ रुपैयाँ पर्न जान्छ । यसमा नेपालको जनसङ्ख्याले कुल सार्वजनिक ऋणलाई भाग गरि एक व्यक्तिको थाप्लोमा पर्ने ऋण निकालिन्छ । तथ्याङ्क विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसङ्ख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जना हो । यस आधारमा अहिले एक नेपालीको थाप्लोमा साढे ३६ हजार ऋण छ ।

सरकारले तिर्न बाँकी खुद आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब ४९ करोड र तिर्न बाँकी खुद वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४७ करोड रहेको छ । विकसित देशलाई हेर्ने हो भने ऋणको मात्रा अत्यधिक रहेको देखिन्छ । -रातोपाटीबाट साभार