तस्बिर : महेश प्रधान
पहिरन : पिजेज कलेक्सन, सिभिलमल, काठमाडौं
साप्ताहिकबाट साभार
कार्तिक २९,
भक्तपुर । प्रदेश सभाको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार देबिप्रसाद ढकाल (डीपी)ले विकाश भनेको नै नेकपा भएको दाबी गरेका छन् । निर्वाचनको घरदैलो कार्यक्रमका लागि चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ दुवाकोट पुगेका उनले नेकपा विना विकाश सम्भव नभएका बताए ।
हेर्नुस् उनको सम्बोधन भिडियोमा:
कार्तिक २७,काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् । केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्को ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय...
उम्मेदवारको परिचय: राजनीतिक परिर्वतनबाट मात्र मुलुकको सम्पूर्ण परिर्वतन संम्भव हुने विश्वासका साथ जीवन समर्पण गरेका एक युवा हुनुहुन्छ देबिप्रसाद ढकाल (डीपी) ।
काभ्रेपलाञ्चोक जिल्ला हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५, खाडचौरमा वि.स २०३८ साल भदौ ५ गते पीता रुद्रप्रसाद ढकाल र माता दुर्गा ढकालको जेष्ठ सुपुत्रको रुपमा उहाँको जन्म भएको हो । उहाँले प्रारम्भिकदेखि कक्षा ६सम्म स्थानीय तपेश्वर माध्यमिक विद्यालय, कक्षा...
कार्तिक २६,
भक्तपुर । स्कुले पोशाकमा आएका विद्यार्थीहरुको एक हातमा चन्द्रसूर्य अंकित नेपालको झण्डा थियो, भने अर्को हातमा प्लेकार्ड । अँग्रेजीमा ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’, ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोक्दै विद्यार्थीहरु सडकमा उत्रिए । कोहीकोही विद्यार्थीसँग भने नेपालको नक्साको नमूना नै थियो ।
प्लेकार्ड, झण्डा र नेपालको...
कार्तिक २६,
भक्तपुर । नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार भक्तपुर आएका छन् । उनी आजै काठमाडौँ आइपुगेका थिए । भक्तपुरमा उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले स्वागत गरेका थिए ।
करिब १ घण्टा भक्तपुरमा बिताएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद दरबार स्क्वायरमा रहेका सुनौलो गेट,...
नयाँ पत्रिका दैनिक
कात्तिक २६, जाजरकोट । जाजरकोटका पण्डितहरूले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ । जिल्लामा बालविवाह बढेपछि पण्डितहरूले नागरिकता हेरेर उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको हो । नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने प्रहरीको चेतावनी छ । ‘जिल्लाका पण्डितहरूसँग हामीले छलफल गर्यौँ । वर–बधूको जन्मदर्ता र नागरिकताको प्रमाण हेरेर मात्रै विवाह कार्यक्रम...
अन्नपूर्ण पोष्ट
होलिया (बाँके) । २१ कात्तिक २ बजे। बेतहनी-होलिया सडक खण्डमा एक हुल विद्यार्थी भेटिए। उनीहरूले टिसर्ट र हाफ पाइन्ट लगाएका थिए। टिसर्ट च्यातिएको थियो। हाफपाइन्ट ठाउँठाउँमा सिलाएको स्पष्टै देखिन्थ्यो। लामबाहुले लगाउने निकै कम थिए। तीनदेखि पाँच वर्ष उमेर नकटेका उनीहरू सबै हतारमै देखिन्थे। थोरै अलकत्रा छर्केर कालोपत्रे गर्न तयार गिट्टीयुक्त सडकमा अधिकांश नांगो खुट्टामै थिए। केहीको खुट्टामा...
कार्तिक २६, काठमाडौँ — अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ । दराजमार्फत् एकथोक सामान अर्डर गर्दा अर्कै सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि छानबिन सुरु गरेको विभागले जनाएको छ ।
विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो। ‘उजुरी परेपछि अनुगमन गरेका...
कार्तिक २६,
बैतडी । दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका चार सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए ।उक्त कार्यक्रमका लागि गाउँपालिकाले...










