सरकारको अग्नी परिक्षा सुर भयोः अध्यक्ष राणा

170

कार्तिक २४,

भक्तपुर । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको सरकारको अग्नी परिक्षा शुरु भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजिक साक्षात्कार कार्यक्रममा बोल्दै जबराले कालापानी क्षेत्रमा पर्ने लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको र सो अतिक्रणबारे वर्तमान सरकारको राष्ट्रवादी चरित्र स्पष्ट हुने बताउनु भएको हो ।

उहाँले बर्तमान सरकारले अतिक्रमण बारे ढिला गरि निकाल्को बिज्ञप्ति बारे कुनै तुक नरहेको र कुटनीतिक पक्ष समेत कम्जोर देखिएको उहाँले बताउनु भयो ।
राष्ट्रवादीको पहिचान बनाएको दुई तिहाईको वर्तमान सरकारले केवल तीन तहको सरकारको डेढ बर्ष अवधि केवल भ्रष्टाचार बाहेक उरु कुनै क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको बताउनु भयो । नेपालमा बिदेशीहरुको इशरामा गरिने धर्म परिवर्तनबारे दुई छिमेकी राष्ट्र समेत रुष्ट रहेको र नेपालको संबिधानमा उल्लेख गरिएको धर्म निरपेक्षता नेपालीको आवश्यकता नभई बिदेशीको इशरामा लादिएको उहाँले बताउनु भयो ।

८१ प्रतिशत हिन्दुहरुको बसोबास गर्ने संसारकै एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्षता बनाउनु बिश्वकै लागि लज्जाबोधको बिषय भएको भन्दै हिन्दु राष्ट्र स्थापनाका लागि यहि २८ गते देखि राष्ट्रिय जागरण अभियान सञ्चाल गर्न लागेको बताउनु भयो ।
भक्तपुरमा उपनिर्वाचनका लागि दिएको उमेद्वारी वदर हुनुमा आफ्ना साथीहरु र निर्वाचन अधिकृतका कारण संगठन बलियो हुँदा हुँदै उमेद्वारी बदर भएता पनि आफ्नो पार्टीले कसैलाई सम्र्थन नगर्ने उहाँले बताउनु भयो ।