Saturday, October 3, 2026
Home राजनीति राजनीतिमा जीवन समर्पण गरेका एक युवाः देबिप्रसाद ढकाल (डीपी)

राजनीतिमा जीवन समर्पण गरेका एक युवाः देबिप्रसाद ढकाल (डीपी)

1383

राजनीतिक परिर्वतनबाट मात्र मुलुकको सम्पूर्ण परिर्वतन संम्भव हुने विश्वासका साथ जीवन समर्पण गरेका एक युवा हुनुहुन्छ देबिप्रसाद ढकाल (डीपी) । यहिँ मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा उहाँलाई नेकपाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य पदकालागि उम्मेदवार बनाएको छ । प्रदेश सांसद स्वर्गीय हरिशरण लामिछानेको सपनालाई पुरा गर्दै आफ्नो प्रदेश क्षेत्रमात्र नभएर समग्र भक्तपुरलाई विकाश गर्न सडक, खानेपानी, शिक्षालगायतका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने उहाँको चुनावी प्रतिवद्धता रहेको छ ।

उहाँको बारेमा केही शब्द

काभ्रेपलाञ्चोक जिल्ला हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५, खाडचौरमा वि.स २०३८ साल भदौ ५ गते पीता रुद्रप्रसाद ढकाल र माता दुर्गा ढकालको जेष्ठ सुपुत्रको रुपमा उहाँको जन्म भएको हो । उहाँले प्रारम्भिकदेखि कक्षा ६सम्म स्थानीय तपेश्वर माध्यमिक विद्यालय, कक्षा ७देखि १०सम्म काठमाडौं बौद्धमा रहेको फुलवारी माविबाट उतिर्ण गर्नु भयो ।
विगत लामो समयदेखि उहाँको परिवार स्थायी बासिन्दा भएर भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १०, कमलविनायक पाइपलाइन टोलमा बस्दै आउनु भएको छ । उहाँका रीता÷सरीता बहिनी तथा रुपक ढकाल भाई हुनुहुन्छ । साथै श्रीमती आस्था र एक छोरा आयुष ढकाल हुनुहुन्छ ।
प्रमाणपत्र तहको अध्ययन गर्न भक्तपुर बुहुमुखी क्याम्पसमा आएको समयदेखि उहाँ विद्यार्थी राजनीतिका सक्रिय हुनु भयो । त्रिभुवन विश्वविद्यालयबाट उहाँले स्नातक तहसम्मको अध्ययन पुरा गर्नु भएको छ । उक्त क्रममा ढकाल परिर्वतनको लागि होमिएका हजारौं युवाहरु विद्यार्थीको संगठन अखिल क्रान्तिकारीसंग अवाद्ध हुनु भयो । त्यसक्रममा तत्कालिन राज्य पक्षले पक्राउ गरेपछि उहाँ २०५८ साल माघ ५ गतेदेखि २०५९ साल चैत १९ गतेसम्म जेल बस्न बाध्य हुनु भयो ।

जीवननै मुलुक र जनताका परिर्वतनकालागि समर्पण गरेर हिड्नु भएका योद्धा जेल र गिरफ्तारीबाट विचलित हुने कुरै भएन् । त्यसपछि उहाँ पून पार्टीको काम र जिम्मेवारीमा खटनु भयो । त्यसक्रम फेरि दोस्रो पटक राज्य पक्षले अनेक मुद्धा लगाएर परिर्वतनलाई रोक्ने प्रयासका साथ ढकाललाई पक्राउ गरि २०६१ साल पुस २० गतेदेखि २०६३ साल जेठ ३०गते सम्म जेलमा राख्यो ।

मुलुकमा आएको गणतन्त्रसंगै उहाँ पून सक्रिय राजनीतमा सक्रिय हुनु भयो । तत्कालिन अर्थमन्त्री वर्षमान पून अनन्तको प्रमखु स्वकिय सचिव भएर मुलुकको अर्थ व्यवस्थालाई नजिकबाट नियाल्नु भएका ढकाल राजनीतिकर्मी मात्र नभएर एक बौद्धिक लेखक समेत हुनुहुन्छ । अध्ययन भम्रणको क्रममा उहाँले छिमेकी मित्र राष्ट्र भारत, चीन तथा अष्ट्रेलिया ,कोरिया  र थाइल्याण्डको भम्रण गर्नु भएको छ ।

उहाँले धेरै पुस्तक तथा लेख समेत प्रकाशित गर्नु भएको छ । पछिल्लो समय उहाँले लेख्नु भएको पूँजिवादी र समाजवादी अर्थ– राजनीतिक विकाशक्रम नाम पुस्तक निकै चर्चित रहेको छ ।

१० वर्षे जनयुद्धदमा तत्कालिन नेकपा (माओवादी) पार्टी एकिकरणपछिको एकिकृत नेकपा (माओवादी)को विभिन्न तह र क्षेत्रमा रहेर तोकिएको जिम्मेवारी पुरा गर्नु भएको छ । नेकपा एमाले तथा एमाओवादी पार्टी एकिकरण पछि निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ढकाल ३ नम्बर प्रदेश कमिटि सचिवालय सदस्य तथा भक्तपुर जिल्ला कमिटिको सचिव हुनुहुन्छ ।

प्राकृतिक र संस्कृति रुपमा धनी रहेको जिल्ला भक्तपुरलाई पर्यटनको माध्यमबाट सबल बनाउदैं रोजगारी सिर्जना गर्ने तथा सुखी नेपाली र संम्वृद्ध नेपाल बनाउने ढकालको अभियान रहेको छ ।