सलोन बस्नेत र अन्जली अधिकारीको रोमान्स (भिडियोमा)

417

कार्तिक २६,
काठमाडौं । फिल्म ‘माया पिरिम’को ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीतमा सलोन बस्नेत, अन्जली अधिकार, कोशिश क्षेत्री फिचर्ड छन् ।
गायक लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा कोशिश क्षेत्री, किरन चन्द, अनुपम भन्डारी, सलोन बस्नेत, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहडी, रमन राई लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्ममा प्रविन थापा र सविन अधिकारीको लगानी रहेको छ ।

निरज कँडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भन्डारीले सम्पादन गरेका छन् । यो फिल्म मंसिर २० गते देखि प्रर्दशन हुँदैछ । यहि मितिमा सौगात मल्ल अभिनित फिल्म ‘माछा माछा’ पनि प्रर्दशन हुँदैछ ।