भक्तपुरमा व्यापार मेला हुँदै

123

कार्तिक २४,

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ हुन् लागेको छ । ममता केन्द्र नेपालले पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १३ गते देखि २३ गते सम्म मेला साथै सांस्कृतिक कार्यक्रम एवं खेलकुद सप्ताह हुन् लागेको जानकारी दिएको हो ।
हाम्रो अभियान खेलको शान संस्कृति र समृद्दि भक्तपुरको पहिचान भन्दै आगामी मेला आयोजना हुन् लागेको ममता केन्द्र नेपालका अध्यक्ष एवं मेला संयोजक संगम लामाले जानकारी दिएका छन् ।

भक्तपुरको जगाती चोक देखि च्यामासिंह मार्गमा रहेको महेश्वरी खेल मैदानमा आगामी मंसिर १३ गते देखि २३ गते सम्म उक्त मेलामा हामीलाई दैनिक आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा नै उपलब्ध हुने बताए । महोत्सवमा १५० भन्दा बढि विभिन्न स्टलहरु रहने र ती स्टलहरुमा लताकपडा , खेलकुदाका सामग्री , दैनिक आवश्यकिय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुने उनले जानकारी दिएका छन् । मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुटको ब्यवस्था समेत रहने अध्यक्ष लामाले जानकारी दिए ।
यस्तै मेलामा मनोरञ्जनका खेलहरु पनि समाबेश हुने छन् । खेलमा रोटेपिङ, नाउ , ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल हुने लामाले जानकारी दिए ।
यस्तै स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा हुने उनले बताए ।  ११ दिन सम्म चल्ने मेलामा दैनिक उपभोग्य हरेक सामान पाउने साथै विभिन्न कलाकारहरुको प्रस्तुती साथै नृत्य प्रतियोगिता साथै कराते प्रतियोगित समेत हुने भएकाले मेला अझ रोमाञ्चक हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
जगाती चोक बाट च्यामासिंह तर्फ सय मिटर नजिक रहेको महेश्वरी खेल मैदानमा हुन लागेको उक्त मेलामा भक्तपुर, काभ,्रे सिन्धुपाल्चोक, दोलखा, रामेछाप ललितपुर, काठमाडौं लगाएतका जिल्लाबाट अवलोकनकर्ताहरु आउने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।