७ तस्विरमा हेरौं, बंगलादेशका राष्ट्रपतिको भक्तपुर भ्रमण

168

कार्तिक २६,
भक्तपुर । नेपालको चार दिने औपचारिक भ्रमणको सिलसिलामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार भक्तपुर आएका छन् । उनी आजै काठमाडौँ आइपुगेका थिए । भक्तपुरमा उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले स्वागत गरेका थिए ।
करिब १ घण्टा भक्तपुरमा बिताएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद दरबार स्क्वायरमा रहेका सुनौलो गेट, पचपन्ने झ्याले दरबार, पाचँतले मन्दिर लगायतका सांस्कृति सम्पदाहरुको अवलोकन गरेका छन् ।
भक्तपुर नगरपालिकाले बंगलादेशका राष्ट्रपतिलाई नगरमा रहेको विभिन्न परम्परागत तथा सास्कृतिक नृत्य देखाएको थियो ।

 

 

भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।