Thursday, July 30, 2026
Home Blog Page 1135
असार १६, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
असार १६, काठमाडौं । सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो ।सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा...
असार १६, काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति...
असार १६, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा ९नासु० तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखेकाले आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारी लेखनाथ भट्टराईले जानकारी दिए ।समितिबाट मन्त्री तथा सत्तापक्षकै केही केही सांसदहरुको विरोधकाबीच पारित...
असार १५, नगरकोट । झण्डै वर्षदेखि पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड स्तरउन्नतीको काम अलपत्र छ । त्यसैको सांकेतिक विरोध स्वरुप स्थानीय युवाहरु आज हिलाम्मे सडकै धान रोपेका छन् । राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने...
असार १५, काठमाडौं । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ ।यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै,...
असार १५, काठमाडौ । हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।हालको मौसमको अवस्था (Present Weather Status):हाल देशमा सामान्य देखि पुर्ण बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमान:असार १५ गते (सोमबार)दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा...
असार १२, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपाल बीच पार्टी एकता भइ बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को एकीकरण प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। तत्कालीन राजपाका उपाध्यक्ष राजकुमार थापाको नेतृत्वमा मंगलबार ६ जना नेताले आयोग पुगेर उजुरी दिएका हुन। उजुरीकर्ताहरुले आयोगमा पेश गरिएको हस्ताक्षर सम्बन्धित ब्यक्तिले नगरी अन्य अन्य ब्यत्तीले गरेको...
असार १२, काठमाडौं । जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ। दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ।संयुक्त राष्ट्रसंघले कोरोना संक्रमण जोखिमका कारण फागुन अन्तिम साता दक्षिणी सुडान उड्न लागेका नेपाली शान्ति सेनालाई रोकेको थियो। त्यसपछि कुनै पनि मिसनमा नेपाली सैनिक...
असार ११, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक २०७७/०७८का लागि आय तथा व्यय सार्वजनिक गरेको छ । दुईदिनसम्म चलेको सातौं नगरसभाबाट आर्थिक २०७७/०७८का १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैंया विनियोजन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । जसमा पूजीँगत तर्फ ८१ करोड २५ लाख ९० हजार रुपैंया (५५.८०) प्रतिशत र चालुतर्फ ६७ करोड १ लाख १३...