Wednesday, October 7, 2026
Home राजनीति जसपा एकीकरण प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगमा उजुरी

जसपा एकीकरण प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगमा उजुरी

396

असार १२,
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपाल बीच पार्टी एकता भइ बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) को एकीकरण प्रक्रिया नमिलेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। तत्कालीन राजपाका उपाध्यक्ष राजकुमार थापाको नेतृत्वमा मंगलबार ६ जना नेताले आयोग पुगेर उजुरी दिएका हुन। उजुरीकर्ताहरुले आयोगमा पेश गरिएको हस्ताक्षर सम्बन्धित ब्यक्तिले नगरी अन्य अन्य ब्यत्तीले गरेको हुँदा सनाखत गराउन माग गरिएको छ।त्यस्तै एकतिहाइ महिला प्रतिनिधित्व नभएको ,जनजाती र दलित प्रतिनिधित्व अन्तरिम बिधान बमोजिम नगाइएको,एकिकरणमा चार जना अध्यक्षको मात्र हस्ताक्षर रहेको तथा विभिन्न पार्टी एकता हुँदाको सम्झौता अनुसार केन्द्रिय समितिमा प्रतिनिधित्व नरहेकाले सो सच्याउन माग गरिएको छ। दुई पार्टी बीच एकताको क्रममा बैशाख ११ मा निवेदन दिई जेष्ठ २५ मा आवश्यक कागजात पेश भएको थियोे । आयोगमा उजुरी दिनेमा राजपा उपाध्यक्ष थापाका साथै सचिव रामचन्द्र अर्याल केन्द्रीय सदस्यहरु हरिओम तिमिल्सिना टंक आग्री,सुरेन्द्र भट्टराई र मनिषा श्रेष्ठ रहेका छन ।