सिंहदरवारमा ‘नासु बचाउ’ आन्दोलन

312

असार १६,
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा ९नासु० तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखेकाले आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारी लेखनाथ भट्टराईले जानकारी दिए ।

समितिबाट मन्त्री तथा सत्तापक्षकै केही केही सांसदहरुको विरोधकाबीच पारित भएको विधेयकमा आफ्नो बढुवा तथा २०४९ सालको निजामति सेवा ऐनका प्रावधान भन्दा पनि पछि फर्किएकाले निजामति सेवामा नासु बचाउ अभियानमार्फत करिब २ सयको संख्याका नासुहरुले सिंहदरवार गेटभित्र प्रदर्शन गरेका हुन् । उनीहरुले व्यानर तथा र्यालिसहित प्रदर्शन गरेका हुन् । -ratopati