तीन दिनको मौसम कस्तो हुन्छ ?

179

असार १५,
काठमाडौ । हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशमा सामान्य देखि पुर्ण बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ ,प्रदेश २ ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १७ गते (बुधबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

1. देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।