Thursday, July 30, 2026
Home Blog Page 1134
असार १८, बारा । चट्याङ लागेर ४ जना महिलाको मृत्यु भएको छ भने रौतहटको एक घरमा लाखौँको क्षती भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा गरी ४ जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेमा शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी...
असार १८, बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए ।सो बिओपीको औपचारिक उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सशस्त्र प्रहरी...
असार १७, काठमाडौँ — सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बोलाएको बैठकमा उनलाई यस्तो सुझाव दिइएको हो । 'अधिकांश नेता र मन्त्रीहरुले पार्टी कमिटीले गरेको निर्णय स्वीकार्छु...
असार १७ काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।बाग्लुङको तमानखोला गाउँपालिका वडा नं। ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास...
असार १७, डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर मङ्गलबार आएको हो । पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा...
असार १७, भक्तपुर । पूर्व सुचना प्रबिधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐन बहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५...
असार १६, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए । काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।
असार १६, काठमाडौं । सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो ।सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा...
असार १६, काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति...
असार १६, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको निजामति सेवा ऐन विधेयक विरुद्ध कर्मचारीहरुनै आन्दोलनमा उत्रिएका छन् । सिंहदरवारभित्र कार्यरत नायव सुब्बा ९नासु० तहका कर्मचारीहरुले उक्त विधेयकमा रहेका विभेदकारी प्रावधान तथा कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखेकाले आन्दोलन गर्नुपरेको आन्दोलित कर्मचारी लेखनाथ भट्टराईले जानकारी दिए ।समितिबाट मन्त्री तथा सत्तापक्षकै केही केही सांसदहरुको विरोधकाबीच पारित...