Thursday, July 30, 2026
Home Blog Page 1129
साउन १, काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ । गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए...
साउन १, काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको त्रिपक्षीय छलफल बिनानिष्कर्ष सकिएको छ । बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । करिब साढे...
असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकममा ५५ लाख अमेरिकी डलर छ भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको स्पष्ट पारिएको छ । बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको चरित्रहत्या गर्ने किसिमका यस्ता समाचार भ्रामक र गलत भएको बताउनुभएको छ ।‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको...
असार ३१, काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन्। मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन्। आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन्। राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा...
असार ३१, विराटनगर । मोरङ प्रहरीले लागूऔषध कारोवार गरेको आरोपमा दुई चिया पसल सञ्चालकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५, रानीबाट ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुनलाई पक्राउ गरिएको हो । उनीहरुको रानीमा चिया पसल छ । पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।विशेष सूचनाका आधारमा...
असार ३०, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दिनको मौसमको पूर्वानुमान गरेको छ । हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ। हालको मौसमको अवस्था (Present Weather Status): देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर...
असार ३०, यमन । उत्तरपश्चिम यमनमा भएको हवाई हमलामा ७ बालबालिका र दुई महिलाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । यमनमा पछिल्लो समय भड्किएको द्वन्द्वले हजारौं सर्वसाधारणको ज्यान लिएको छ र ठूलो मानवीय संकट सिर्जना गरेको छ । साउदी अरेयिबा नेतृत्वको गठबन्धनले यस्तो आक्रमण रचेको हुथी विद्रोहीहरुले आरोप लगाएका छन् । आक्रमणमा २ वर्षका बालक समेत परेको...
असार ३०, दाङ । दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि...
असार ३० काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन । सामाजिक सन्जालबाट सुरु भएको आरोप–प्रत्यारोपसँगै दर्शकहरु पनि उनीहरुको पक्ष र विपक्षमा विभाजित भएका छन् । साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा भुवन केसीले जवाफ दिएपछि विवाद चर्केको थियो...
'प्रचण्ड-बाबुरामले खानलाउन र चल्न नजान्ने भन्दै हेपे' असार ३०, काठमाडौं । पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान/लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताएका छन्‌।विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन्‌। 'मेरो आदर्श स्खलित भएको दिन ! शीर्षक...