दाङमा सलह आतंक मकैमा क्षति

263

असार ३०,
दाङ । दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए ।

सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।