पूर्व माओवादी नेताले गरे प्रचण्ड र बाबुराम बारे सनसनीपूर्ण खुलासा

329

‘प्रचण्ड-बाबुरामले खानलाउन र चल्न नजान्ने भन्दै हेपे’
असार ३०,
काठमाडौं । पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान/लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताएका छन्‌।विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन्‌। ‘मेरो आदर्श स्खलित भएको दिन ! शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क।प्रचण्ड र क। बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्‌। उनले लेखेका छन्‌, ‘मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे ! मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहे ! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो । -thahakhabar