‘साम्राज्ञी मेरी विद्यार्थीजस्ती, अझै माया लाग्छ’

415

असार ३०
काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन । सामाजिक सन्जालबाट सुरु भएको आरोप–प्रत्यारोपसँगै दर्शकहरु पनि उनीहरुको पक्ष र विपक्षमा विभाजित भएका छन् । साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा भुवन केसीले जवाफ दिएपछि विवाद चर्केको थियो । साम्राज्ञीले जापानको एक अवार्डमा आफूसँग गाला जोडेर बोल्न खोजेको, अंकमाल गरेको थप आरोप भुवनमाथि लगाइन् । यसपछि, भुवनले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने काम गरेको खण्डमा कानुनको सहारा लिने बताए ।