असार २९,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका एक सांस्कृतिक नगर हो । प्रसिद्ध विस्का जात्रा अन्र्तगत मनाइने जिब्रो छेड्ने र सिन्दुर जात्रा संसारभर लोकप्रीय छ । यहिँ नगरमा जनप्रतिनीधी निर्वाचित भएर आएपछि नगरप्रमुख मदन सुन्दर श्रेष्ठ अझै सुन्दर बनाउन सक्रिय छन् । मध्यपुरका विभिन्न सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र पूनर्निमाणमा श्रेष्ठ लागिपरेका देखिन्छ । यसैबिच विगत लामो समयदेखि खेल मैदान बनेको पोखरीलाई...
असार २९,
काठमाडौं । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ जसमा रक्सीको बिक्रीमा रोक लगाइएको छ । साथै सरकारले सोमबारदेखि रातीको समयमा करफ्यू लगाउने र घरबाट बाहिर निस्कँदा मास्क लगाउन अनिवार्य गरेको छ ।दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले एक वर्षमा दोस्रो पटक लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब कम हुने बताएका छन् ।...
असार २९,
जनकपुरधाम । कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ । गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी कल्पनालाई आत्महत्या गर्नका लागि पति...
असार २९,
काठमाडौं । भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको आइतबार निधन भएको छ । दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् । दिव्याको निधनको खबर सुनेर उनका समकक्षी...
असार २७,
एजेन्सी । होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ । भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको...
असार २७,
काठमाडौं । मानव बेचबिखन नियन्त्रण ब्युरोले चितवन मेडिकल कलेजका तीन जना डाक्टरलाई पक्राउ गरेको छ । मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार जिल्ला प्रहरी कार्यालयका एक कर्मचारीसहित ४ जना पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रबास शेस्ठ र बाल्कृष्ण कालाखेती रहेका छन् । जिल्ला प्रहरी कार्यालयका कर्मचारीको नाम खुलाइएको छैन । ...
असार २७,
काठमाडौं । असार १४ गते नेपाल छिरेका सलह बिस्तारै–बिस्तारै हराउँदै गएका छन् भने अर्को नयाँ झुण्ड छिर्ने तर्खरमा देखिएको छ । भारतबाट नेपालको बारा, पर्सा नाकाबाट छिरेका सलह किरा शुरुमा नेपालका ४० भन्दा बढी जिल्लामा फैलिएका थिए । चितवन, पाल्पा, मकवानपुर, अर्घाखाँची जिल्लामा करौंडोको बालीनाली नष्ट गरेका किरा बिस्तारै आफैं हराएका छन् । नेपालमा पछिल्ला दिन...
असार २७,
म्याग्दी । शनिबार बिहानसम्म म्याग्दी पहिरोमा परी बेपत्ता ३५ मध्ये १२ को शव भेटिएको छ । अविरल वर्षासँगै शुक्रबार बिहान म्याग्दीको धवलागिरी गाउँपालिका( ६ मराङको बस्तीमा झरेको पहिरोले २१ जना र मालिका गाउपालिका बिमका गरी जम्मा ३५ जना बेपत्ता भएका थिए ।शुक्रबार दिनभरी नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा पहिरोमा पुरिएका ३ जनाको शव भेटिएको थियो । त्यस्तै...
असार २७,सुर्खेत । विपदका बेला मौसमसम्बन्धी पूर्वसूचना दिने मौसमी राडार एक महिनादेखि बिग्रिएको छ । सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । गत जेठको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए ।‘राडार...
असार २६,
काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा इन्धनको मूल्य अन्तर अहिलेसम्मकै उच्च भएको छ । इन्धनको मुल्य नेपाल–भारत सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा भने अत्याधिक सस्तो रहेको पाइएको छ । जुलाई ५ को मूल्य अनुसार नेपाल–भारत सीमाका भारतीय बजारमा भन्दा नेपालमा अहिले ४० रुपैंया सस्तो रहेको नेपाल आयल निगमले जनाएको छ । जसमा रक्सौलमा पेट्रोल १ सय ३४ नेपाली रुपैयाँ...










