Sunday, October 18, 2026
Home मनोरन्जन राजेश हमालको आग्रह ‘दिपाश्रीलाई माफी दिनुहोस्’

राजेश हमालको आग्रह ‘दिपाश्रीलाई माफी दिनुहोस्’

114

असार ३१,
काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन्। मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन्। आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिकाविरुद्ध दर्शकले गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रिया नजनाउन उनले आग्रह गरेका छन्। राजेशले दर्शकलाई सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई मानवीय हिसावले आत्मसममानमा ठेस नपुग्ने गरी संयमित भएर प्रतिक्रिया जनाउन अपिल गरेका छन्। दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ ररु भनेपछि राजेश हमालका फ्यानले उनलाई गाली गरिरहेका छन्। दीपाश्रीले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन।