Sunday, July 26, 2026
Home Blog Page 1071
मंसिर ५, काठमाडौं । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्‍याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त...
मंसिर ४ काठमाडौं । नेपाल आयल निगमका लागि पेट्रोलको ढुवानी गर्दै आएको २ वटा ट्यांकरमा अवैध रुपमा फल्स बटम (नदेखिने छुट्टै कोठा)राखेर पेट्रोलियम पदार्थको चोरी भएको तथ्य सार्वजनिक भएको हो । नेपाल आयल निगम बागमती प्रादेशिक डिपोका लागि भारतको बरौनी रिफाइनरी डिपोबाट पेट्रोलको ढुवानी गर्दै आएको ना. ७ ख ३६९६ र ना .७ ख २९९५ नम्बरको ट्यांकरमा त्यसरी अवैध रुपमा...
मंसिर ४, काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न थालेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीमले खाद्यन्न सहयोग पनि थालेको हो ।महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा...
मंसिर ४, सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति रु’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ । तर, यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ । अनलाइन खबर लेख्छ, बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४...
मंसिर ४, बुटवल । विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ । आज विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंह र पार्टीका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रत्रितसिह राठौरले रातोपाटीलाई बताए । पक्राउ परेका व्यक्तिहरुसँग विफोस्टक पदार्थ र पार्टीको दस्तावेज समेत रहेको...
मंसिर ४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला शक्ति संर्घष चलिरहेको छ । दुई अध्यक्ष रहेको यो सत्ताधारीपार्टीको विवादले आम कार्यकता र शुभचिन्तकलाई कस्तो लागिरहेको छ ? पूर्ण रुपमा पार्टी एक नहुदैं नेकपामा संकट देखिपछि के भन्छन् शुभचिन्तक, कार्यकर्तासंग हामीले लिएको प्रतिक्रिया हेरौं ।‘पार्टी एकता भन्दापनि ए कता जस्तो भएको छ, सामाजिक संजालमा हेर्दा मथिल्लो तहदेखी तल्लो तहसम्म सबैले...
मंसिर ३, काठमाडौं । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो ।माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको...
मंसिर ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएको थियो । तर, अहिले सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी...
मंसिर २, काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका हुन् । पछिलो २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ । उपत्यकामा थप ३३९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुर १२...
मंसिर २, काठमाडौं । भिषा अवधि सकिएर अवैधानिक रुपमा यूएई बसेका विदेशी नागरिकहरुलाई यूएई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ। गत मार्च-१,भन्दा पहिले भिषा अवधि सकिएर अवैधानिक बनेका विदेशी नागरिकहरुको हकमा यो नियम लागू हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्युजले समाचार छापेको छ। गत मार्च १, तारिख भन्दा अधि भिषाको म्याद सकिएको विदेशी नागरिकलाई यूएई सरकारले...