मंसिर ८,
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केबलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केबलकारको यात्रा गरिसकेका छन् । केबलकारले...
मंसिर ७,
काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र महासंघलाई मुछेर सञ्चारमाध्यममा आएका सामाचारको महासंघले खण्डन गरेको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राणालाई मुछेर उपाध्यक्षका उम्मेदवार किशोर प्रधानका मतदातालाई संघको खर्चबाट होटल बुक गरेको समाचार गलत रहेको जनाएको हो । संघको विज्ञप्तिमा अध्यक्ष राणाले बाहिरी जिल्लाबाट आउने निर्वाचन प्रतिनिधि तथा मतदातालाई कोरोना...
मंसिर ७,
काठमाडौं । काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए । काठमाडौका...
मंसिर ७,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । शनिबार दुई नेताबीच बालुवाटारमा भएको यो भेटले नेकपा मात्र होइन, कांग्रेससमेत तरंगित भएको छ ।
कांग्रेस नेताहरुका अनुसार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केही दिनदेखि भेटका लागि प्रस्ताव गर्दै आएका थिए । नेकपाको घर...
मंसिर ७,
काठमाडौं । एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिन थालेपछि जिल्लामा सङ्क्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना...
मंसिर ७,
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने तर सरकार भने परिवर्तन हुन सक्ने बताएका छन् ।
कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताएका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने...
मंसिर ५,
बुटवल । बुटवल प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका–४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको जिल्ला प्रहरी...
५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।अन्य सरुवा हुनेको नामावली हेरौं
https://drive.google.com/file/d/1a4TZB4Oic_GmVwwtrtLQQvlzWLo8j-tP/view
मंसिर ५,
हेटौंडा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा।पुरुषोत्तम सेढाईंकाअनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर...
मंसिर ५,
कम्पाला । पूर्वी अफ्रिकी मुलुक उगान्डाको राजधानी कम्पालामा बुधबार भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । राष्ट्रपतिका विपक्षी उम्मेदवार रोबर्ट क्यागुलानीलाई गिरफ्तार गरेको विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनमा उत्रिएका व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी स्वास्थ्य सेवाका निर्देशक मोजेज ब्यारुहांगाले मुलागो राष्ट्रिय अस्पतालमा उपचार गराइरहेकामध्ये १६ जनाको मृत्यु...










