अब निःशुल्क खानासँगै खाद्यान्न पनि वितरण हुने

338

मंसिर ४,
काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न थालेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीमले खाद्यन्न सहयोग पनि थालेको हो ।महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो । हाम्रो टीम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिह धामीले महानगरले भनेअनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताए । उनले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफै पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताए । काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उनले बताए ।